२८ प्रतिशत बढ्यो बैंकको व्यवसाय

काठमाडौं। सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले एक वर्षको अवधिमा करिब २८ प्रतिशतले व्यवसाय वृद्धि गरेका छन्। बैंकर्स संघले सोमबार उपलब्ध गराएको विवरण अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७र७८ मा बैंकहरूको व्यवसाय उत्साहजनक तरिकाले वृद्धि भएको हो।

कोरोना महामारीका कारण धेरैले बैंकहरूको व्यवसाय वृद्धि नहुने बताइरहेको बेला उनीहरूले उत्कृष्ठ नतिजा निकालेका हुन्। संघका अनुसार वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७७र७८ मा आठ खर्ब १५ अर्ब ४४ करोड रूपैयाँ कर्जा प्रवाह थप गरी ३७ खर्ब २० करोड ७५ लाख रूपैयाँ पुर्‍याएका छन्।

गत आर्थिक वर्षको अन्त्यसम्म सबै बैंकहरूले २९ खर्ब पाँच अर्ब ३१ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए। पछिल्लो एक वर्षमा बैंकहरूको निक्षेप संकलन पनि करिब २० प्रतिशतले वृद्धि भएको छ।

असार मसान्तसम्म सबै बैंकहरूको निक्षेप ४२ खर्ब एक अर्ब ३९ करोड रूपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७७र७८ मा मात्र बैंकहरूले सात खर्ब ११ अर्ब ४१ करोड रूपैयाँ थपिएको छ। अघिल्लो वर्षसम्म बैंकहरूको निक्षेप ३४ खर्ब ८९ अर्ब ९८ करोड रूपैयाँ थियो।

कोरोना महामारीको अवधिमा अधिकांश बैंकहरूले कर्जा प्रवाह र निक्षेप संकलनमा वृद्धि गरेका छन्। अघिल्लो वर्षको तुलनामा तुलनामा सिटिजन्स बैंकले निक्षेप संकलनमा ५५।१० र सिभिल बैंकले कर्जा प्रवाहमा ५४।२६ प्रतिशतको वृद्धि गरेका छन्।

यस अवधिमा नेपाल एसबिआइ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप संकलन अघिल्लो वर्षको तुलनामा केही घटेको छ। सिटिजन्स बैंकले निक्षेप संकलनमा असार मसान्तसम्म ५५।१० प्रतिशतले वृद्धि गरी एक खर्ब ४३ अर्ब दुई करोड रूपैयाँ पुर्‍याएको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *