राप्रपा वैकल्पिक शक्तिका रुपमा अघि बढ्छः अध्यक्ष थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट बनाउन राप्रपाले वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन भूमिका निर्वाह गर्न लागेको बताएका छन् ।

अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा सोमबार स्थानीय बकैया गाउँपालिका–४ जुरेलीमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै पार्टीको निष्ठा, सिद्धान्तलाई राजनीतिक दलहरुले जनहितका लागिभन्दा आफ्नो दलको स्वार्थका लागि मात्रै अगाडि बढाउँदा प्रजातान्त्रिक संस्कार र राष्ट्रप्रति जिम्मेवारीको भावना हराउँदै गएको बताएका छन् ।

सो अवसरमा राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौला, राप्रपा जिल्ला सदस्य अर्जुन तिमल्सिना र राप्रपा बकैया गाउँपालिकाका अध्यक्ष राजाराम अर्यालले पार्टीको सङ्गठनलाई अनुशासित, मर्यादित र सुस्त बनाई महाधिवेशनमा सक्षम नेतृत्वको निर्वाचनका लागि कार्यकर्ताहरु एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *