भारतमा थप ३८ हजारलाई कोरोना संक्रमण

भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार १६४ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ४४ हजार भन्दा बढी पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २१ हजार ६६५ रहेको अधिकारीले जनाएका छन् ।

पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ४९९ जनाको मृत्यु भएको पनि मन्त्रालयले सोमबार जानकारी दिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १४ हजार १०८ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३८ हजार ६६० कोरोना मुक्त भएपछि भारतमा तीन करोड ३ लाख ८ हजार ४५६ व्यक्ति कोरोना मुक्त भएका छन् ।

भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ५४ लाख २२ हजार २५६ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १४ लाख ६३ हजार ५३९ जनाको स्वाब परीक्षण जुलाई १७ का दिन भएको छ ।

त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरस विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४० करोड ६४ लाख ८१ हजार ४९३ डोज कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *