एमाले केन्द्रीय कमिटी बैठक बस्दै, देउवालाई विश्वासको मत दिने सांसदमाथि कारबाहीको तयारी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै छ । केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।

यस्तै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ जना एमाले सांसदले पक्षमा मतदान गरेका थिए । बैठकमा यस विषयमा पनि छलफल हुने र कारबाही गर्ने तयारी गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *