प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका कुनैपनि बैठक नराख्ने बताएका छन् । पार्टी नेता गगन थापाका अनुसार प्रधानमन्त्री देउवाले यो पटक पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा बैठक राखेको र आगामी दिनमा त्यस्तो नहुने बताएका छन् ।

थापाले सामाजिक संजालमा लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भएपनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न’भन्ने विश्वास दिलाउनु भएको छ । प्रधानमन्त्रीज्यू यो विश्वासलाई कायम राखिदिनु होला।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएका बेला पार्टीका सबै बैठक बालुवाटारमा राखेको भन्दै आलोचना भएको थियो । प्रधानमन्त्री भएपनि देउवाले पनि बालुवाटारमा बैठक राखेको भन्दै आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *