USAID

थन्कियो नब्बे कन्टेनर केराउ अरू ६० कन्टेनर आउँदै


वीरगञ्ज, साउन ४ । गत अघिल्लो आर्थिक वर्षको अन्त्यमा वीरगञ्ज भन्सारमा ठूलो परिमाणमा केराउ आइपुगेको छ । वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा ९० वटा कन्टेनरमा केराउ आइपुगेको सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयले जनाएको छ ।

एउटा कन्टेनरमा २० देखि २२ मेट्रिक टन केराउ अट्ने भएकाले १८ सयदेखि करिब दुई हजार मेट्रिक टन केराउ भन्सारमा रहेको हो । अरू ६० वटा कन्टेनरमा थप केराउ आउँदै गरेको अनौपचारिक जानकारी पाएको भन्सारका अधिकारीले बताएका छन् ।

केराउमा परिमाणात्मक बन्देज रहेकाले वीरगञ्ज भन्सार कार्यालयले जाँचपास नगरी रोकेर राखेको छ । भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत चुडामणि कट्टेलले केराउ कोटामा आयात हुने र अहिले चालू आर्थिक वर्ष २०७८र७९ का लागि भन्सार विभागले केराउ छाड्नू भनेर परिपत्र नगरेकाले जाँचपास गर्न नमिलेर जाँचपास नगरी रोकेर राखेको बताए ।

केराउ लोड भएका १० कन्टेनर असार ३० गते र बाँकी ३१ तथा साउन १ गते आएको जानकारी दिँदै सूचना अधिकारी कट्टेलले ३ गते दुई प्रज्ञापन पत्र आएको त्यसमा पेस गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत जेठ २४ र असार २८ गते जारी गरेका दुई पत्रका आधारमा जाँचपास गर्न नसकिएकाले रोकिएको बताएको गोरखापत्र दैनिकमा खवर छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *