वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किए १०० कन्टेनर केराउ

वीरगञ्ज। प्रक्रियागत अन्योलका कारण तेस्रो मुलुकबाट आयात गरिएको १०० कन्टेनरभन्दा बढी केराउ वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किएको छ । आयातकर्ताले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट कोटा लिएर मगाएको केराउ बन्दरगाहमा रोकिएको हो ।

वाणिज्य विभागले आयातकर्तालाई लेखेको पत्रले भन्सार जाँचपास गर्नेरनगर्ने अन्योल भएको बन्दरगाह भन्सारले बताएको छ । आयातकर्ताले अमेरिका र क्यानडालगायत देशबाट भित्रयाएको केराउ बन्दरगाह भन्सारले रोकेको छ ।

विभागले गत आर्थिक वर्ष २०७७र७८ का लागि केराउ, सुपारी, छोकडा र मरीच आयातको कोटा बाँडेको थियो । गत जेठ २४ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयातकर्तालाई सूचना गरेको थियो ।

सूचनामा कोटा पाएका आयातकर्ताले असार मसान्तभित्र सिपमेन्ट भइसकेको कागजात पेश गर्नुपर्ने भएको थियो । मसान्तभित्र सिपमेन्टको प्रमाण पेश नगरे कोटा स्वतः बदर हुने सूचनामा उल्लेख छ ।

विभागले सूचनाको बोधार्थ भन्सार विभागलाई समेत दिएको थियो । यही पत्रका आधारमा भन्सारले जाँचपास रोकेको हो । भन्सारका सूचना अधिकारी चूडामणि कट्टेलले सिपमेन्टबारेमा निश्चित नभएकाले जाँचपास गर्न नसकिएको बताए ।

जाँचपासका लागि आइतवार १०० ओटाजति कन्टेनरको कागजात पेश भएको कट्टेलले बताए । ती कन्टेनरको बन्दरगाहमा आइसके पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पत्रले अन्योल भएको उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *