संसद जोगाउनु पर्थ्यो, जोगिएको छ, अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छः घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले अब पार्टी जोगाउनेतर्फ लाग्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेपछि सामाजिक संजालमार्फत भुसालले संसद जोगाउनु पर्थ्यो, जोगिएको छ र अब पार्टी जोगाउनतिर लाग्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोही पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धुलो टक्टक्याउँछौं र अगाडि बढ्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *