देउवा श्रीमान् ५ ले न्याय दिएर प्रधानमन्त्री बनेको ज्ञवालीको टिप्पणी

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालाई श्रीमान् ५ (पाँच न्यायाधीश) ले न्याय दिएर प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् ।

आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनसम्बन्धी छलफलमा नेकपा एमालेकातर्फबाट बोल्दै ज्ञवालीले देउवा तीन–तीन पटक नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको स्मरण गरेका हुन् ।

उनले गृहमन्त्री हुँदा र दुई पटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको भन्दै देउवा अरुको पार्टी विभाजन गरेर प्रधानमन्त्री बन्न लागेको आरोप लगाए ।

उनले भने, ‘तीन/तीन चोटी दलीय विभाजनको शिकार भएका देउवा आज धारा ५ को अपव्याख्याको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ । इतिहास दुई चोटी दोहोरिन्छ भनिन्छ । उहाँ आफैं दलीय विजभानको शिकार हुनुहुन्थ्यो ।’

सर्वोच्च अदालतको फैसलाको चर्को आलोचना गर्दै ज्ञवालीले संवैधानिक निकायबीचको शक्ति सन्तुलनमा खलबल्याएको आरोप लगाए । उनले युरो कप र कोपा अमेरिका स्मरण गर्दै यदि फाउल भएको भए रेफ्रीले त्यहीँबाट खेल खेलाउने गरेको पनि स्मरण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *