देउवा सरकारलाई विश्वासको मत नदिन पार्टीका सांसदलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले कंग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिन पार्टीका सांसदलाई निर्देशन दिएको छ ।

आइतबार पुष्पलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकले देउवाको विपक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिएको हो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले देउवाको पक्षमा मतदान गर्नेहरू पार्टीमा नरहने बताए ।

एमालेले पार्टीको विवाद मिल्न नदिन हतारमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको ठहर पनि गरेको छ । उनले भने, ‘पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने लगायत सामान्य कार्यसूची रहने संसद्को अभ्यास रहँदै आएको हो । आजै हतार गर्नुका पछाडि एमाले विवाद नमिलोस् भन्ने ध्येय देखिन्छ ।’

ज्ञवालीले वरिष्ठ नेता माधव नेपाल पार्टी एकताको पक्षमा नदेखिएकोसमेत बताए । उनले पार्टी निर्णयको अवज्ञा भए पार्टीले कडा निर्णय लिनेसमेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *