तालिबानको कब्जामा अफगानिस्तान र इरानका महत्वपूर्ण नाका

काठमाडौं। तालिबानले इरानसँगको सीमा नाका आफ्नो नियन्त्रणमा लिएको अफगानिस्तानी अधिकारीले बताएका छन् ।

इस्लाम काला नाकाका सबै गतिविधि रोकिएको भन्सार अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै अफगानिस्तानमा तालिबानले विभिन्न भू–भाग कब्जा गरिरहेको छ ।

अफगानिस्तान र इरानबीचको एक प्रमुख सीमा नाका तालिबानले कब्जा गरेको अफगान अधिकारीहरूले स्वीकारेका छन् । इस्लाम काला नाका इरानसँगको सबभन्दा ठूलो मध्येको व्यापारिक नाका हो । त्यहाँबाट सरकारले मासिक २ करोड डलर राजस्व उठाउँथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *