तनहुँ, असार २६ । पृथ्वीराजमार्गमा पर्ने दमौली खैरेनीटार सडक खण्ड शनिबार बिहान ४ बजे देखि अवरुद्ध भएको छ ।
म्याग्दे गाउँपालिका–१ बडचौरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए । सडक डिभिजन कार्यालय तनहुँको डोजरले पहिरो हटाउने काम भईरहेको छ । ठुलो ढुङ्गा समेत खसेकाले हटाउन अप्ठ्यारो भईरहेको प्रहरीले जनाएको छ ।
ठुलो ढुङ्गा खसेपछि विहानैदेखि पृथ्वीराजमार्ग अवरुद्ध
