USAID

पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा प्रा अधिकारी नियुक्त


काठमाडौं, असार २६। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्षमा प्रा श्रीकृष्ण अधिकारीलाई नियुक्त गरेको छ ।

मन्त्रिस्तरको यही असार २२ गतेको निर्णयानुसार नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिष विषयमा लामो समय प्राध्यापन गरेका अधिकारीलाई समितिको गठन आदेश २०७७ को दफा ३ अनुसार नियुक्त गरिएको हो ।

समितिका सदस्यमा संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई, डा वासुदेव कोइराला, तनुजा दाहाल, ज्योतिष पण्डित पद्मनाभ त्रिपाठी र सदस्य सचिवमा पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेल रहेको मन्त्रालयका संस्कृति महाशाखा प्रमुख लक्ष्मीकुमारी बस्नेतले जानकारी दिए । सदस्य सचिव ढुङ्गेललाई समितिको कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी दिइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *