विश्व बैंकद्वारा नेपाललाई थप १२ अर्ब ऋण सहायता

काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात् करीव १२ अर्ब रुपैयाँ ऋण सहायता दिने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रवार बसेको बैठकले नेपालको विद्यालयक्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५–५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।

नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *