प्रज्जवल थापा । एएफसी यु-२३ एसिया कप छ्नोटको तालिका सार्वजनिक भएको छ । एसियाली फूटबल महासंघ(एएफसी)ले सार्वजनिक गरेको ड्रमा नेपाल वेष्ट जोनको समूह ‘बी’मा परेको हो ।
नेपालको समूहमा ताजिकिस्तान, इरान र लेबनान रहेका छन् । समूह ‘बी’ अन्तर्गतका सबै खेल ताजिकिस्तानमा हुनेछ । एसियाका सहभागी ४२ राष्ट्रलाई ११ समूहमा विभाजन गरिएको हो । यसबाट १५ राष्ट्र उज्वेकिस्तानमा हुने एएफसी यू-२३ एसिया कपमा छनोट हुनेछन् । हरेक ११ समूहका विजेता र दोस्रो स्थानमा रहने उत्कृष्ट ४ टोली प्रतियोगिताको लागि छनोट हुनेछन् ।
छनोट अन्तर्गतका खेलहरु अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।