डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, असार २५। सरकारले प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीपी थापालाई अतिरिक्त महानिरीक्षक ९एआइजी०मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो ।

नेपाल प्रहरीमा प्रशासनतर्फ चार एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल थिए भने प्राविधिकतर्फ डा आशा सिंह छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *