चीनसँग खरिद गरिएको भेरोसेलको पहिलो खेप काठमाडौं आइपुग्यो

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको पहिले खेप खोप आज ल्याएको छ । खोप लिन बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज शुक्रबार बिहान फर्किएको हो । निगमको जहाजले भेरोसेलको आठ लाख डोज ल्याइएको बताइएको छ ।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।

साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *