USAID

एकल पुरुषलाई पनि मासिक भत्ता


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाको एउटा वडाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ ।गाउँपालिकाको ४ नम्बर वडाले आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर कटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरेको हो ।

यस्तै सोही वडाले वडाभित्र रहेका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम समेत अघि सारेको छ । एकल पुरुषको सामाजिक सुरक्षा भत्ताका लागि १ लाख ३० हजार र निःशुल्क स्वास्थ्य बीमाका लागि ७ लाख २५ हजार बजेट विनियोजन गरेको वडाले जनाएको छ ।

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत उक्त वडामा १५ जनाले यो सेवा पाउने भएका छन् भने निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत २०७ जनाले सेवा पाउनेछन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *