चीनसँगकाे व्यापारमा क्रियाशील व्यवसायीबाट विपत प्रतिकार्यका लागि आवश्यक सामग्री प्रदान

काठमाडौँ । नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि झण्डै १० लाख बरावरका सामग्रीहरु सहयाेगस्वरूप उपलब्ध गराएकाे छ । चीनसँगकाे व्यापारमा समन्वयकारी भूमिका निर्वाह गरिरहेकाे नेपाली व्यवसायीहरुको साे संस्थाले बुधबार विपत प्रतिकार्य तथा व्यवस्थापनका सामग्रीहरू सहयाेग गरेकाे हाे ।

काठमाडाैँमा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएका सामग्रीहरुमा लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, बुट, कोदालो, खानेपानी प्रशोधन उपकरण, करौती, प्राथमिक उपचारको सामाग्री, त्रिपाल, डोरीलगायत छन् ।

नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनकी अध्यक्ष अन्जु पौडेलले दोलखा जिल्लामा हुनसक्ने विपतका घटनाको व्यवस्थापनका लागि पूर्वतयारी स्वरुप ती सामग्री सहयाेग गरेकाे बताइन् ।

एसोसिएसनले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सेन्ट्रेटरहरु पनि प्रदान गरेको छ । एसोसिएसनले नेपालमा आइपर्ने विभिन्न आपत्कालीन अवस्थामा सहयोग गर्दै आएको छ । यो सहयोग पनि त्यसैको निरन्तरता भएको अध्यक्ष पाैडेलले बताइन् ।

यसअघि पनि मेलम्चीका बाढीपीडित हेलम्बु र मेलम्चीबासीका लागि साे संस्थाले अति आवश्यकीय सामाग्री बितरण गरेकाे थियाे । चीनसँगकाे व्यापार, पर्यटन तथा लगानीकाे क्षेत्रमा प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएकाे साे एसाेसियसनले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सन्दर्भमा विभिनन  पराेपकारका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *