USAID

निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म कर्मचारीले आन्दोलन जारी राख्ने


काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् । बुधबार नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले पत्रकार सम्मेलन गरी निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएको हो ।

त्यस्तै ट्रेड युनियनले निगमका महाप्रवन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेको छ । सरकारको स्वामित्वमा रहेको निगमलाई कौडिको भाउमा बेचेर नीजिकरण गर्नका लागि कम्पनीको प्रवन्धपत्र र नियमावलीको मस्यौदा समेत तयार पारिसक्दा पनि महाप्रवन्धक पौडेलले सरोकारवालाहरुसँग छलफल नगरेको ट्रेड युनियनले आरोप लगाएको हो ।

निगममा रहेको तीनवटै ट्रेड युनियनहरुले शान्तिपूर्ण आन्दोलन गर्दा पनि कर्मचारीहरुमाथि बर्बरतापूर्ण ढंगले लाठी चार्ज गरी कर्मचारीहरुलाई घाइते बनाएको प्रति पनि युनियनले भत्र्स्ना गरेको युनियनका महासचिव हेम लम्सालले बताए ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *