USAID

हेइटीका राष्ट्रपति जोभनेल मोइजको हत्या


हेइटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमा गरिएको आक्रमणमा मृत्यु भएको छ । देशका अन्तरिम प्रधानमन्त्रीले वक्तव्य जारी गरी राष्ट्रपतिको हत्या भएको जानकारी दिएका हुन् ।

पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले बताएका छन् । आक्रमणमा प्रथम महिला घाइते भएको जनाइएको छ।

आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रुअरी महिनादेखि सत्ता सम्हालेका थिए।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *