काठमाडौं । सर्वोच्च अदालतले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मन्त्री श्रेष्ठलाई असार २९ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
इजलासले कसरी अनुसन्धान अघि बढिरहेको छ भनेर विपक्षीहरु समेतको सहभागितामा छलफल गरी अन्तरिम आदेश जारी हुने/नहुने सम्बन्धमा निर्णय गर्नुपर्ने हुँदा सो प्रयोजनका लागि असार २९ को पेसी तोकी विपक्षीहरुलाई सूचना दिनू भन्ने आदेश जारी गरेको हो।