प्रज्जवल थापा । सेप्टेम्बरमा हुने एएफसी महिला एसियन कप छनोटको लागि नेपाली महिला प्रारम्भिक टोलीको घोषणा भएको छ । बुधबार टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।
बन्द प्रशिक्षण जुलाई १८ बाट शुरु हुने अखिल नेपाल फूटबल संघ(एन्फा) ले जनाएको छ । छनोटको समूह ‘एफ’मा रहेको नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । छनोट अन्तर्गतका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म हुनेछ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु:-
अन्जना रानामगर(गोलरक्षक), एञ्जिला तुम्बापो सुब्बा(गोलरक्षक), उषा नाथ(गोलरक्षक), सावित्री किसान(गोलरक्षक), सपना राई(गोलरक्षक), रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अञ्जली योञ्जन, प्रिती राई, निशा थोकर, सृजना चेम्जोङ, हिरा कुमारी भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्घा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला विक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्दिरा राई, विमला चौधरी, अमृता जैसी, घिम कुमारी गुरुङ, सृजना खड्का, निर्मला विक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, शिवानी कुवँर, सरस्वती हमाल, अमिषा कार्की, कुशुम खतिवडा, सृजना सिंह, सविता राना, रजनी थोकर, सलोनी राना मगर, चुम्लुन्गमा राई
तस्बिर:- एन्फा