भक्तपुरमा ग्यास चुहावट हुँदा घरमा आगलागी

भक्तपुर । खाना पकाउने ग्यास चुहावट हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–४चाँगुस्थित एकघरमा आगलागी भएको छ ।

आगलागीबाट स्थानीयवासी दीपक मिजार र सानचरीको नगद ३५ हजार रुपैयाँसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले पीडितलाई नगद रु पाँच हजार सहित लत्ताकपडा, खाद्यान्न र ग्यासचूलो लगायतको सामग्री सहयोग गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *