चिनियाँ र रुसी राष्ट्रपतिबीच जुन २८ मा वार्ता हुने

रुसका राष्ट्रपति र भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङबीच भिडियो लिंकमार्फत् वार्ता हुने भएको छ । चीनको विदेश मन्त्रालयले यस विषयमा जानकारी दिएको छ ।

बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका माध्यमबाट यही जुन २८ मा वार्ता हुने भएको जानकारी दिए । उनीहरु बीचमा गत महिनामात्र पनि फोनमा वार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *