छ महानगरको बजेट ४३ अर्ब

काठमाडाैँ । आगामी आर्थिक वर्षका लागि मुलुकका छवटा महानगरपालिकाले कुल ४३ अर्ब २५ करोड रुपियाँको बजेट सार्वजनिक गरेका छन् । अन्य स्थानीय तहसँगै छ महानगरपालिकाले पनि बिहीबार आ–आफ्ना नगर सभामा आ.व. २०७८/७९ को आय–व्यय अनुमान पेस गरेका हुन् ।

छवटा महानगरमध्ये सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले सबभन्दा ठूलो बजेट पेस गरेको छ । काठमाडौँ महानगरले १८ अर्ब ९६ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

यसैगरी पोखरा महानगरले छ अर्ब २८ करोड, ललितपुर महानगरले पाँच अर्ब ५५ करोड, भरतपुर महानगरले चार अर्ब ८१ करोड, विराटनगर महानगरले चार अर्ब १० करोड र वीरगञ्ज महानगरले तीन अर्ब ५५ करोड रुपियाँको बजेट बनाएको छ ।

छवटै महानगरले कोरोना महामारी नियन्त्रणसहित स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएका छन् भने पूर्वाधार, शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिएकाे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *