प्रज्जवल थापा । कोपा अमेरिका फूटबलमा ब्राजिलले लगातार तेस्रो जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २-१ गोलले हराउँदै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।
ब्राजिलको लागि रोबर्टो फर्मिन्हो र केसेमिरोले एक/एक गोल गरे । कोलम्बियाको लागि लुइस डियाजले एक गोल गरे । खेलमा शुरुवातो अग्रता भने कोलम्बियाले लिएको थियो । पहिलो हाफको १० औं मिनेटमा जुआन कौड्राडोको पासमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा अगाडि बढाएका थिए ।
७८ औं मिनेटमा लोडीको पासमा फर्मिन्होले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए । यस्तै अतिरिक्त समयको दसौं मिनेटमा नेयमारको पासमा केसेमिरोले गोल गर्दै ब्राजिललाई २-१ गोलको पुनरागमन जित दिलाए ।
जितसँगै ब्राजिल ३ खेलबाट ९ अङ्क जोड्दै समूहको शिर्ष स्थानमा रहेको छ । पराजित कोलम्बिया ४ खेलबाट ४ अङ्कको साथ दोस्रो स्थानमा छ । यस्तै आजै भएको अर्को खेलमा इक्वेडर र पेरुले २-२ गोलको बराबरी खेलेका हुन् ।
