सर्वोच्चको फैसला स्वागतयोग्यः महामन्त्री सिंह

काठमाडौं । नेकपा मसालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले खारेज गरिदिएकोमा स्वागत गरेको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी संविधानविरुद्धको कदमलाई सर्वोच्चले सच्याएको भन्दै त्यसको स्वागत गरेका हुन् । उनले प्रधानमन्त्री ओलीले संविधानको अतिक्रमण गरेर जोरजवर्जस्तीपूर्वक कैयौँ निर्णयहरू गर्दै आएका बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *