धनुषामा थपियो एकसाता निषेधाज्ञा

जनकपुरधाम । धनुषा जिल्लामा सात दिन फेरी निषेधाज्ञा आदेश थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार यसअघि घोषित निषेधाज्ञा आदेशमा सामान्य हेरफेर गरी आज राति १२ बजेबाट पुनः ७ दिन थप गरी निरन्तरता दिइएको छ । यस अघि १२ बजेसम्म आवश्यकीय पसल सञ्चालन गर्ने आदेश भएकोमा यस पटक सो समयमा परिवर्तन गरी साँझ ३ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ ।

कार्यालय सञ्चालन सन्दर्भमा सरकारी, अर्ध सरकारी, स्थानीय तह तथा संस्थानहरूले भीडभाड हुन नदिई आलोपालो गरी नियमित सेवा सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । विद्यालयहरूमा भीडभाड हुन नदिई आलोपालो गरी पुस्तकहरू वितरण गर्न व्यवस्था गर्न सकिने , बैङ्क तथा वित्तीय संस्थाहरूमा नियमित सेवा संचालन गर्न पाउने आदेश दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *