कोपा अमेरिकामा पेरु विजयी

प्रज्जवल थापा । कोपा अमेरिकामा पेरु विजयी भएको छ । सोमबार बिहान भएको खेलमा पेरुले कोलम्बियालाई २–१ गोलले पराजित गर्दै कोपामा पहिलो जित दर्ता गरेको हो ।

पेरुलाई जित दिलाउन सेर्जियो पेनाले एक गोल गर्दा अर्को गोल उपहार पाएको हो । कोलम्बियाको लागि मिगुएल बोर्जाले एक गोल गरे । खेलको १७ औं मिनेटमा पेनाले गोल गर्दै पेरुलाई शुरुवाती अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा बोर्जाले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई बराबरीमा ल्याए । पेड्रो गाल्लेसे बोर्जालाई पेनाल्टी क्षेत्रमा लडाएपछि कोलम्बियाले पेनाल्टी पाएको थियो ।

६४ औं मिनेटमा यारी मिनाले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि पेरुले फेरि खेलमा अग्रता लिएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा पेरु २–१ गोलले विजयी भयो । जितसँगै पेरु २ खेलबाट ३ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पराजित कोलम्बिया ३ खेलबाट ४ अङ्कको साथ दोस्रो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *