प्रज्जवल थापा । युरोकप अन्तर्गत आज हुने समूह ‘ए’ को तेस्रो तथा अन्तिम चरणको खेलमा इटाली र वेल्स भिड्दैछन् । एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरिसकेको इटाली अपराजित रहँदै नकआउट चरण पुग्ने दाउमा रहेको छ ।
यता वेल्सपनि आजको खेल जित्दै अन्तिम १६ मा प्रवेश गर्न चाहन्छ । वेल्सलाई अन्तिम १६ प्रवेशको लागि बराबरीको नतिजा पर्याप्त रहनेछ । अन्यथा वेल्सले स्वीजरल्यान्ड र टर्कीबिचको खेलको नतिजा कुर्नुपर्नेछ । हाल इटाली २ खेलबाट ६ अङ्क जोड्दै समूहको शिर्ष स्थानमा छ भने समान खेलबाट ४ अङ्क जोडेको वेल्स दोस्रो स्थानमा छ ।
स्वीजरल्यान्ड विरुद्व टर्की
यस्तै आजै हुने समूहको अर्को खेलमा स्वीजरल्यान्ड र टर्की भिड्दैछन् । अन्तिम १६ प्रवेशको लागि दुवै टोलीलाई आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । हाल स्वीजरल्यान्ड १ अङ्कको साथ तेस्रो स्थानमा छ भने अङ्कविहिन टर्की पुछारमा छ ।
