प्रदेशमा स्थायित्वको लागि विश्वासको मत दिन मुख्यमन्त्री पोखरेलको आग्रह

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशमा स्थायित्वको लागि विश्वासको मत दिन आग्रह गरेका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै संघीयतालाई मजबुत र राजनीतिक स्थिरता दिन विश्वासको मत दिन आग्रह गरेका हुन् ।

जनताले दिएको मतादेश पाँच वर्षको लागि भएको भन्दै पोखरेलले बीचमा जनताबीच जानु कुनै पनि रुपमा उपयुक्त नहुने बताए ।आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर स्थायित्वमा जाने एकमात्र विकल्प रहेको भन्दै उनले बीचमा सदनलाई विघटनतिर नलैजानका लागि यो सरकारलाई समर्थन गर्नुको विकल्प संवैधानिक रुपमा पनि नरहेको प्रस्ट पारे ।

उनले कोभिड विरुद्धको खोप अभियान अघि बढाउन र कोराना नियन्त्रणका लागि प्रदेशमा थप तयारी गर्ने निर्णय गरेको बताए । उनले आफू नेतृत्वको सरकारले पाठेघर रोगको क्यान्सर उपचारका लागि शल्यक्रिया गर्ने क्रममा लाग्ने खर्च व्यहोर्ने निर्णय गरेको जानकारी दिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका हुन् ।  जेठ २९ गते उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *