जनकपुरधाममा अक्सिजन प्लान्ट स्थापना, मुख्यमन्त्री राउतद्वारा उद्घाटन

जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।
एसआरजे ग्रुपले जनकपुरधाम उपमहानगर वडा नम्बर २३ मा स्थापना गरेको ग्यास प्लान्ट को मुख्यमन्त्री राउतले बुधबार उद्घाटन गरेका हुन् ।
प्लान्ट उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले कोरोना माहामारीसँग जुध्न महत्वपूर्ण रहेको अक्सिजन उत्पादन शुरु गरेकोमा उद्योगका सञ्चालकहरुलाई धन्यवाद दिए ।

सात करोड रुपैयाँको लगानीमा सुरु भएको उक्त उद्योगले दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने जनाईएको छ । एसआरजे ग्रुपका अध्यक्ष शिवनन्दन साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साह, प्रदेश सभा सदस्य करिमा बेगम, पूर्वकृषि मन्त्री हरिनारायण यादव, मुख्यन्यायधिवक्ता दीपेन्द्र झालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *