सिन्धुपाल्चोकको मेलम्चीमा बाढीको वितण्डा(फोटोफिचर)

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले ठूलो क्षति गरेको छ । स्वास्थ्य तथा जन संख्यामन्त्री शेरबहादुर तामाङका अनुसार मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ५० औँ जना बेपत्ता भएका छन् ।

बाढीले मेलम्ची खानेपानी ड्याम बगाएको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल बगाएको छ ।

नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बौंको क्षति पुर्याएको छ । उनले यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमतापूर्वक उद्दार र राहतमा जुटन अपील गरेका छन् । प्रहरीका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको छ । मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ । ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् ।

फोटोः सुशील सुवेदी र आदित्य दाहाल, विष्णु क्षेत्री र दिनेश थापाको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *