जर्मनीमाथि फ्रान्सको जित

प्रज्जवल थापा । युरोपेली च्याम्पियनसिपम फ्रान्सले विजयी शुरुवात गरेको छ । गएराति भएको समूह ‘एफ’को खेलमा फ्रान्सले जर्मनीलाई १-० गोलले पराजित गर्दै युरोकपमा उत्कृष्ट शुरुवात गरेको हो ।

एल्लिनाज एरिनामा भएको खेलमा फ्रान्सले आत्मघाती गोल उपहार पाएको हो । खेलको २० औं मिनेटमा म्याट हुमेल्सले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो । पोग्वाको पासमा हर्नान्डेजमो प्रहार बचाउने क्रममा हर्नान्डेजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा फ्रान्स १-० गोलले विजयी भएको हो । जितसँगै फ्रान्स १ खेलबाट ३ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ३ अङ्क जोडेको पोर्चुगल गोल अन्तरको आधारमा शिर्ष स्थानमा छ । पोर्चुगलले हिजै भएको खेलमा हंगेरीलाई ३-० गोलले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *