प्रदेश दुईको मन्त्रिपरिषद समावेशी बनाउन मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुखको पत्र

जनकपुरधाम । प्रदेश दुईका प्रदेश प्रमुख डा. राजेश अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै पत्र लेखेका छन् ।

प्रदेश प्रमुख अहिराजले प्रदेश २ को सरकार बनाउँदा गैरमधेसी (पहाडे समुदाय) लाई समावेश गर्न, महिलालाई पनि प्राथमिकता दिन र मधेसी दलितलाई पनि सहभागी गराउन भन्दै शुक्रबार मुख्यमन्त्री राउतलाई पत्र लेखेका हुन् ।

संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषदमा पहाडे समुदाय, महिला र दलितहरुलाई उचित स्थान नदिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई पत्र लेखेका हुन् ।

संविधानले महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत मुस्लिम, पिछडा वर्ग, यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक आदिको समावेशिता अनिवार्य गरिनुपर्ने भनेको प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई स्मरण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *