युरोकप २०२०: इंग्ल्यान्डलाई क्रोएसियाको चुनौती

प्रज्जवल थापा । इंग्ल्यान्डले आज क्रोएसियासँग खेल्दै युरोकप २०२० को शुरुवात गर्दैछ । घरेलु मैदान वेम्बेली रंगशालामा हुने खेल जित्दै इंग्ल्यान्ड प्रतियोगितामा सुखद शुरुवात गर्न चाहन्छ । त्यस्को लागि क्रोएसियाको चुनौतीलाई पन्छाउनुपर्नेछ ।

तर क्रोएसियालाई हराउन इंग्ल्यान्डलाई सहज हुनेछैन । २०१८ को विश्वकपमा क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई नै हराउँदै फाइनल प्रवेश गरेको थियो । त्यस खेल अझैपनि इङलिस खेलाडी र समर्थकको दिमागमा छ । सोही वर्ष नेसन्स लिगमा क्रोएसियालाई हराउँदै इंग्ल्यान्डले बदला लिइसकेको छ । तरपनि इंग्ल्यान्डलाई आजको खेलले विशेष महत्त्व राख्नेछ ।

दुवै टोली मिडफिल्डमा निकै बलियो देखिएका छ । इंग्ल्यान्डमा फिल फोडेन, मेसन माउन्ट र ज्याक ग्रेलिस जस्ता युवा खेलाडीको जमात छ भने यता क्रोएसियामापनि लुका मोड्रिक, माटियो कोभासिक, एन्ड्रेज क्रामारिक र इभान पेरेसिक जस्ता स्टार अनुभवी खेलाडीको सहभागिता छ । ३५ वर्ष लागिसकेका मोड्रिकको उमेर बढेपनि उनको खेलको स्तर भने घटेको छैन । रियल म्याड्रिडका मुख्य खेलाडी मोड्रिक इंग्ल्यान्डको लागि टाउको दुखाइ बन्न सक्छन् ।

अष्ट्रिया विरुद्ध नर्थ म्यासेडोनिया

आजै हुने समूह ‘सी’ अन्तर्गतको खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियाको सामना गर्दैछ । अष्ट्रिया आजको खेल जित्दै युरोकपमा पहिलो जित दर्ता गर्न चाहन्छ । यसअघि २००८ र २०१६ को युरोमा सहभागिता जनाइसकेको अष्ट्रियाले जितको खाता भने खोल्न सकेको छैन । यता पहिलो पटक कुनै ठूलो प्रतियोगितामा खेल्न लागेको नर्थ म्यासेडोनिया आजको खेल जित्दै प्रतियोगिता सम्झनलायक बनाउन चाहन्छ ।

नेदरल्यान्ड्स विरुद्ध युक्रेन

नेदरल्यान्ड्सको लागिको लागि यो कमब्याक प्रतियोगिता हो भन्दा फरक पर्नेछैन । २०१४ को फिफा विश्वकपपछि नेदरल्यान्ड्सको यो पहिलो ठूलो प्रतियोगिता हो । २०१६ को युरो र २०१८ को विश्वकपमा नेदरल्यान्ड्स छनोट हुन सकेको थिएन । लगातार तेस्रो युरो खेलिरहेको युक्रेन आजको खेलमा सकारात्मक नतिजाको अपेक्षामा छ ।

खेल हुने समय

समूह ‘डी’- इंग्ल्यान्ड विरुद्ध क्रोएसिया ( बेकुली ६:४५ बजे)
समूह ‘सी’- अष्ट्रिया विरुद्ध नर्थ म्यासेडोनिया ( राति ९:४५ बजे)
समूह ‘सी’- नेदरल्यान्ड्स विरुद्ध युक्रेन ( राति १२:४५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *