गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा पदबाट राजीनामा

गण्डकी । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । तीन वर्ष तीन महिनाको कार्यकालपछि उनले आइतबार बिहान राजीनामा दिएका हुन् ।

घिमिरेलाई तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७४ फागुन २१ मा नियुक्त गरेका थिए । उनले प्रदेशप्रमुख सीतकुमारी पौडेललाई बुझाएको राजीनामापत्रमा आफ्नो क्षमताले भ्याएसम्म संघीयता कार्यान्वयनको पक्षमा प्रदेशको अधिकारको रक्षा, प्रदेशमा कानुन निर्माणमा सहजीकरण, स्थानीय तहमा कानुन तर्जुमा सहजीकरण समिति समेतमा रही संवैधानिक र कानुनी कर्तव्य पालना गर्न इमानदारीपूर्वक लागेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *