एमेजोनका संस्थापकद्वारा २ करोड ८० लाख डलरमा अन्तरिक्ष यात्राका लागि सिट सुरक्षित

एमेजोनका संस्थापक जेफ बिजोजले २ करोड ८० लाख अमेरिकी डलर तिरेर अन्तरिक्ष यात्राका लागि सिट सुरक्षित गरेका छन् । एक रहस्यमय बोलपत्रमा सो रकम तिरेर अर्वपतिको कम्पनी ब्लु ओरिजिन अन्तरिक्ष यात्राका लागि सिट सुरक्षित गर्ने पहिलो अन्तरिक्ष पर्यटक बिजोज बनेका हुन् ।

शनिबार भएको अक्सनमा कति जना विजेता बने भन्ने जानकारी आगामी हप्ता सार्वजनिक गरिने ब्लू ओरिजिनले ट्वीट मार्फत् जानकारी गराएको छ । अन्तरिक्ष पर्यटकका लागि गरिएको बोलपत्रमा १ सय ४० देशका पर्यटकहरु प्रभावित भएका थिए ।

जसमा तीन जनाको सिट सुरक्षित भएको छ । आगामी २० जुलाईमा हुने अन्तरिक्ष यात्राका लागि अमाजोन संस्थापक जेफ बिजोज, उनका भाइ मार्क र अर्का एक व्यक्ति जाने पक्का भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *