बेल्जियमको जितमा लुकाकुको दुई गोल

प्रज्जवल थापा । स्ट्राइकर रोमेलु लुकाकोको दुई गोलको मद्दतमा बेल्जियमले युरोकपमा विजयी शुरुवात गरेको छ । शनिबार राति भएको खेलमा फिफा वरियताको शिर्ष स्थानमा रहेको बेल्जियमले रसियालाई ३-० गोलले पराजित गरेको हो ।

सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गर्दा थोमस मुनिएरले एक गोल गरे । पहिलो हाफको दसौं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई शुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा थोमस मुनिएरले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए ।

यस्तै ८८ औं मिनेटमा मुनिएरको पासमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ३-० गोलको शानदार जित दिलाए । जितसँगै बेल्जियम १ खेलबाट ३ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । समान अङ्क जोडेको फिनल्यान्ड दोस्रो स्थानामा छ । शनिबार रातिनै भएको खेलमा फिनल्यान्डले बेल्जियमलाई १-० गोलले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *