फिनल्यान्डको एतिहासिक जित

प्रज्जवल थापा । पहिलो पटक युरोकपमा सहभागिता जनाएको फिनल्यान्डले एतिहासिक जित दर्ता गरेको छ । गएराति भएको खेलमा फिनल्यान्डले डेनमार्कलाई १-० गोलले पराजित गरेको हो ।

फिनल्यान्डलाई जित दिलाउन जोएल पोह्जान्पालोले गरेको होल निर्णायक बन्यो । दोस्रो हाफको ५९ औं मिनेटमा जोएलले गोल गर्दै फिनल्यान्डलाई शुरुवाती अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा फिनल्यान्ड १-० गोलले विजयी भएको हो । खेलमा पूरा समय आफ्नो पकडमा राख्पनि डेनमार्कले पाएका अवसरलाई सदुपयोग गर्न सकेन । यससँगै डेनमार्कले जितसँगै प्रतियोगिताको शुरुवात जितसँगै गरेको छ ।

यसअघि पहिलो हाफको अन्तिम मिनेटमा डेनमार्कका एरिक्सन मैदानमै अचेत भएर ढलेपछि खेल रोकिएको थियो । उनलाई मैदानमै उपचार गरेपछि अस्पताल लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *