वेल्स र स्वीजरल्यान्डको बराबरी

प्रज्जवल थापा । युरोकप अन्तर्गत आज भएको समूह ‘बी’को दोस्रो खेलमा वेल्स र स्वीजरल्यान्डले बराबरी खेलेका छन् । बाकी ओलम्पिया स्टाडिओनमा भएको खेलमा वेल्स र स्वीजरल्यान्डले १-१ गोलको बराबरी खेलेका हुन् ।

खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा स्वीजरल्यान्ड बराबरीमा रोकिन बाध्य भयो । दोस्रो हाफको ४९ औं मिनेटमा शाकिरीको पासमा ब्रेल इम्बोलोले गोल गर्दै स्वीजरल्यान्डलाई शुरुवाती अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा जोए मोरेलको पासमा किएफेर मोरेले गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अङ्क बाढेका हुन् । यससँगै इटाली ३ अङ्कको साथ शिर्ष स्थानमा छ भने स्वीजरल्यान्ड र वेल्स १/१ अङ्कको साथ क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । इटालीसँग पराजित भएको टर्की समूहको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *