नेटो राष्ट्रका ८० प्रतिशतभन्दा बढी नागरिक गठबन्धनका पक्षमा

नेटो राष्ट्रका ८० प्रतिशत भन्दा बढी नागरिक नेटो गठबन्धनको पक्षमा रहेको पाइएको छ । नेटो राष्ट्रका नागरिकहरुमा गरिएको एक सर्वेक्षणबाट यस्तो परिणाम आएको हो ।

नेटो राष्ट्रका नागरिकमा सर्वेक्षण गरिएको थियो । नेटो संगठनले नै यो सर्वेक्षण गरेको बताइएको छ । उक्त सर्वेक्षणमा करिब १४ प्रतिशत नागरिकले भने नेटो सैन्य संगठनमा आबद्ध आफ्ना देशले सदस्यता त्याग्नुपर्ने अथवा सो गठबन्धनमा सहभागी हुन नहुने जनाएका थिए ।

आफ्ना देशहरु नेटो संगठनमा रहनु उचित हुन्छ कि हुदैन भनेर सर्वेक्षण गरिएकोमा यहाँ आवद्ध ८६ प्रतिशत नागरिकले आफ्नो देश संगठनमा रहनुपर्छ भनेर मतदान गरेका थिए ।

उनीहरुले आफ्ना देशलाई नेटो सैन्य गठबन्धनबाट बाहिरिन नहुने भनेर सुझाव पनि दिएका अनुसन्धानमा पाइएको पनि बताइएको छ । पछिल्ला केही वर्षहरुमा यस सैन्य गठबन्धनका विषयमा प्रश्न पनि उठेको छ । कतिपय देशका नागरिकले आफ्नो देश सो गठबन्धनबाट बाहिरिनुपर्ने भनी प्रश्न उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *