कांग्रेस केन्द्रीय समिति बैठक असार ३ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसले असार तीन गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शनिबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी असार तीन गते बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिएका हुन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि पौडेलले अनुरोध गरेका छन् । आज बसेको पदाधिकारी बैठकले पार्टीको १४ औं महाधिवेशन भदौ १६ गतेदेखि गर्ने प्रस्ताव गरेको छ । केन्द्रीय समिति बैठके सो प्रस्ताव अनुमोदन गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *