पार्टीको १४ औं महाधिवेशन भदौ १६ गतेदेखि गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म गते गर्ने निर्णय गरेको छ । शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

यसअघि महाधिवेशनको मिति भदौ ७ गतेलाई तय भएको थियो । यो प्रस्तावलाई केन्द्रीय समितिमा लगिने सहमहामन्त्री प्रकाशशरण महतले बताए । असार २० गतेसम्म क्रियाशील सदस्यताको छानविन गरेर टुंग्याउने निर्णय भएको सहमहामन्त्री महतले बताए ।

असार २४ गतेसम्म क्रियाशील सदस्यता सार्वजनिक गरिने उनले बताए । त्यस्तै साउन ६ देखि वडा तहको अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *