गण्डकीमा गडबडः विपक्षी गठबन्धनका सांसदहरु धर्नामा

गण्डकी । गण्डकी प्रदेशमा बहुमत सदस्यहरु निवेदनअनुसार सरकार गठन हुनुपर्ने मागसहित प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका छन् ।

मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपाली सहित प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका हुन् । विश्वासको मत नपाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले मुख्यमन्त्रीमा पुनः दाबी गरेपछि उनीहरु प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट्न प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

तर, सुरक्षाकर्मीले गेटबाट छिर्न नदिएपछि उनीहरुले गेट अगाडि धर्नामा बसेका हुन् । मुख्यमत्रीका प्रत्यासी नेपालीले केन्द्रीय सरकारको कदमको डुब्लिकेट गण्डकी प्रदेशमा भएको भन्दै आपत्ति प्रकट गरेका छन्। ३१ जना प्रदेशसभा सदस्य सहित उनीहरुले धर्ना दिइरहेका छन्। उनले आफ्नो दावेदारी वैधानिक रहेको र मुख्यमन्त्री गुरुङले नक्कली कागज पेश गरेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *