थप २३८२ जनामा कोरोना संक्रमण, ६१ को मृत्यु, ६२९५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०६७७८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६२९५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८३६६ पुगेको छ । क्वारेन्टाइनमा ५५२ जना छन् भने आइसोलेसनमा ७१३०१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *