वाग्मती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

वाग्मती । वागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा बिहीबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुई दिन छलफल भएको थियो ।

एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले समेत नीति तथा कार्यक्रमलाई समर्थन जनाएपछि बहुमतले पारित भएको थियो । त्यसअघि नीति तथा कार्यक्रम पारित गराउन आज बसेको एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले सांसदहरुलाई निर्देशन दिएका थिए ।

छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए । छलफलपछि शनिबारको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । छलफलमा सहभागि सत्तापक्षका सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षका लागि तयार पारेका नीति तथा कार्यक्रमको विभिन्न बुँदाहरुमा संशोधनका लागि सुझाव पेश गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितले सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै प्रदेश सरकारले हावामा नीति तथा कार्यक्रम ल्याएको बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *