युरोकपमा आज ३ खेल हुँदै

प्रज्जवल थापा । युईएफए युरोकपको दोस्रो दिन आज तीन खेल हुँदैछ । आज समूह ‘ए’ र ‘बी’ अन्तर्गतका खेलहरु हुनेछन् ।

१. वेल्स विरुद्ध स्विजरल्यान्ड

समूह ‘ए’ अन्तर्गत हुने दिनको पहिलो खेलमा वेल्स र स्वीजरल्यान्ड भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी ६:४५ बजे शुरु हुनेछ ।

दुवै टोली कम्तिमा नकआउट पुग्ने लक्ष्य साथ प्रतियोगिताको शुरुवात गर्नेछन् । २०१६ को युरोकपमा सेमिफाइनलसम्मको बाटो तय गरेको वेल्स यस संस्करणमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । यता पछिल्लो ६ खेलमा सतप्रतिशत जित निकालेको स्वीजरल्यान्ड आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहन्छ ।

इटालीले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदा वेल्स, स्विजरल्यान्ड र टर्कीले दोस्रो स्थानको लागि कडा प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गरेको थियो ।

२. डेनमार्क विरुद्ध फिनल्यान्ड

आजै हुने समूह ‘बी’ को पहिलो खेलमा डेनमार्क र फिनल्यान्ड भिड्दैछन् । खेल राति ९:४५ बजे शुरु हुनेछ । १९९२ को युरोकप विजेता डेनमार्क शिर्ष स्थानको लागि बेल्जियमलाई कडा चुनौती दिने शुरमा छ । डेनमार्क आजको खेलमा जित निकाल्दै प्रतियोगिता राम्रो शुरुवात गर्न चाहन्छ । डेनमार्क आफ्नो पछिल्लो ५ खेलमा अपराजित रहेको छ भने फिनल्यान्डले पछिल्लो ६ खेलमा जित निकाल्न सकेको छैन । पहिलो पटक युरोकपमा सहभागिता जनाएको फिनल्यान्डले यस प्रतियोगितालाई यादगार बनाउने योजना छ ।

३. बेल्जियम विरुद्ध रसिया

समूह ‘बी’कै दोस्रो खेलमा आज बेल्जियम र रसिया भिड्दैछन् । खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

फिफा वरियताको शिर्ष स्थानमा रहेको बेल्जियम प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा छ भने रसिया नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यमा छ । बेल्जियमले युरोकप छनोटको सबै १० खेल जितेको थियो । बेल्जियम आफ्नो पछिल्लो ९ खेलमा अपराजित छ । पछिल्लो ५ खेलमा रसियाले बेल्जियममाथि जित दर्ता गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *