विश्वमा पछिल्लो २४ घण्टामा थप ४ लाखलाई कोरोना संक्रमण

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४ सय भन्दाबढीको मृत्यु भएसँगै विश्वभर मृत्यु हुनेको संख्या ३८ लाख २६९ पुगेको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा ४ लाख ११ हजार १६२ जना संक्रमित भएका छन् भने संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४५ हजार ३३६ रहेको छ । विश्वभर हालसम्म १५ करोड ९५ लाख ९९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

विश्वभर संक्रमितको संख्या १७ करोड ६० लाख ३१ हजार ४८४ पुगेको छ । जसमध्ये, सक्रिय संक्रिमतको संख्या १ करोड २२ लाख ९७ हजार ९०४ रेको छ । यसमध्ये ८४ हजार १९१ जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाका कारण विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख १४ हजार ७३२ जनाको मृत्यु भएको छ । दोस्रो लहरको अति प्रभावित मुलुक भारतमा ३ लाख ६७ हजार ९७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजारको मृत्यु भएको छ भने ८४ हजार भन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *